काठमाडौँ - सामाजिक सञ्जालमा भाइरल भएकी बालगायिका माङगेना लिम्बुको पहिलो गीत सार्वजनिक भएको छ। नेपाली गीत संगीतमा सर्वाधिक लोकप्रिय गायक राजेश पायल राईको साथ पाएकी माङगेनाको ‘यो मनले रोजेको तिमीलाई’ बोलको गीत सार्वजनिक भएको हो।
यो गीतमा शब्द तथा संगीत सोम आङदेम्बे र संगीत संयोजन अशोक थापाले गरेका छन्। यो गीतलाई दर्शकहरुले अत्याधिक मन पराउनुका साथै सकरात्मक प्रतिक्रिया पनि दिइरहेका छन्। ड्रिम्स रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको भिडियो संगीत दर्पण युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
https://youtu.be/ryLMCl20q5g