काठमाडौं – गीतसंगीतमा नौलो प्रयोग गर्न रुचाउने गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ। ‘झुमा झुमा’ गीत शुक्रबार सार्वजनिक भएको हो।
खुला प्ल्याटफर्म टिकटकबाट चर्चा कमाएर म्यूजिक भिडियोमा आएका ट्वीन्स प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडाले उत्दा प्रस्तुति दिएका छन्। नायक पल शाहसँगै गायक प्रमोद खरेलको अभिनय पनि दमदार छ।
हिमांशु रायमाझीको लेखक रहेको गीतमा भीम बिसीले संगीत भरेका छन्। उदयराज पौडेलले गीत संयोजन गरेका हुन्। गीत गायक खरेलकै युट्यूब एकाउन्टबाट सार्वजनिक गरिएको छ।
शुक्रबार सार्वजनिक गरिएको गीत शनिबार बिहानसम्ममा झण्डै चार लाखले हेरिसकेका छन्।
https://www.youtube.com/watch?v=pUOE-I6AcA4