काठमाडाैँ - मेलिना राई र समिर सिंगक लिम्बुको स्वर रहेको ‘फेवा तालैमा’ बोलको गीत सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियोमा टीआर सेनेहाङ, चन्दा इवाहाङ कुरुम्बाङ, शिखा पयाङ्गोलगायतको अभिनय छ। यस गीत प्रकाश थुलुङले लेखेका हुन्। संगीत मन थुलुङकाे छ।
गीतकाे एरेञ्ज विश्व अधिकारी, भिडियो मिक्सिङ दिप घतानी, छायाँङ्कन सुरेन सेनेहाङ लिम्बु, सम्पादन अनुप पाैडेल र निर्माण नियन्त्रण रूपक जिमीले गरेका छन्। भिडियो अवधारणा तथा निर्देशन देउकृष्ण देवान लिङ्खा याक्खाको रहेको छ। यसकाे छायाँङ्कन तेह्रथुममा गरिएकाे हाे।
हेर्नुहोस् भिडियोः
https://www.youtube.com/watch?v=zFndn51kHWs&feature=youtu.be&fbclid=IwAR0IdW_gkYGySNKSgcOF4rVbE0WeS5H_c17nkpvRY4C_ft_9oooYubClwS0