काठमाडौँ - नेपाल आइडल बुद्ध लामाको नयाँ गीत ‘सोल्टिनी सोल्टिनी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ।
एपी वानद्वारा निर्मित दोश्रो म्यूजिक भिडियोको गीतमा आशुसेन लामाको शब्द तथा संगीत रहेको छ भने फणिन्द्र राईको एरेन्ज रहेको छ। अनिल के मानन्धरले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा आइडल बुद्ध लामा र अलिसा राईको अभिनय छ।
नेपाल आइडल लामाको चार वटा गीत बजारमा आईसकेको छ। चारवटै गीतले दर्शकको अत्याधिक माया पाएको छ।
https://www.youtube.com/watch?v=RqJLpBUi1OY