काठमाडौँ - अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको नयाँ फिल्ममा फेरि दर्शकहरुले एकसाथ देख्न पाउने भएका छन्। फिल्म ‘पोई पर्यो काले’ मा उनीहरु फाइनल भएका हुन्। आकाश र पूजा एकसाथ यो तेश्रो पटक हो।
चलचित्र ‘तिमी सँग’ का निर्देशक शिशिर राणाले लेखन तथा निर्देशनमा तयार हुन लागेको फिल्ममा उनीहरुको आज एकसाथ चलचित्रमा सम्झौता गरेका छन्। फिल्मको लागि अभिनेत्री शर्माले २० लाख पारिश्रमिक लिएको र अभिनेता आकाश श्रेष्ठले १८ लाख लिएको खबर बाहिरिएको छ।
चलचित्रको छायांकन जेठबाट शुरु हुने भएको छ। चलचित्रलाई आगामी कार्तिक ८ गते लक्ष्मीपूजाको अवसर पारेर रिलिज गरिने भएको छ।
रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहेका चलचित्रमा निर्माता दिपक मनाङ्गे छन्। फिल्ममा अर्को एक नायक र नायिका पनि हुनेछन्। हेड अफ प्रोडक्सन सुरज आचार्य रहेका फिल्ममा पुरुषोत्तम न्यौपाने र शीव गौतमकाे संगीत रहनेछ।