काठमाडौँ - गायक शिव परियारको स्वर रहेको ‘ह्यापी ह्यापी’ बोलको गीत सार्वजनिक भएको छ। नयाँ वर्ष २०७६ को मौका पारेर दर्शकहरुमाझ यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हाे।
हरि लम्सालको सङ्गीत रहेको गीतमा सुरेश वाग्लेको शब्द रहेको छ। यो गीतमा ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आस्मा विक सहितको समूले नृत्य गरेका छन्।
आधुनिक रोमान्टिक उक्त गीतको भिडियोमा राम केसीले छायाँङ्कन गरेका छन्। यसैगरी राजीव समरको कोरियोग्राफी तथा टेकेन्द्र शाहको निर्देशन, सम्पादन, कलरिङ र भिएफएक्स रहेको छ।
गायक शिव परियारले आफूले मेहनतका साथ गीतमा न्याय गरेको भन्दै गीतको सफलताप्रति आशा जनाएका छन्।
भिडियो:
https://www.youtube.com/watch?v=wEdqCMPu5PM