काठमाडौँ - फिल्म ‘पसिना’को तीन पोस्टर नयाँ वर्ष २०७६ को अवसरमा आइतबार निर्माण युनिटले सार्वजनिक गरेको छ। फिल्मले केही दिनअघि आफ्नो टाइटल गीत सार्वजनिक गरेको थियो।
यो फिल्म मजदुरहरुको कथामा निर्माण गरिएको छ। फिल्मको पोस्टरमा गौरव पहाडी, अनु शाह, सरोज खनाल लगायतका कलाकार देखिन्छन्। आरबी खत्री ‘शरद’ले निर्देशक गरेको फिल्ममा चलचित्र ‘पसिना’ मा गौरव पहारी, अनु शाह, सरोज अर्याल, सरोज खनाल, ध्रुव कोइराला, सुरजनी केसी, रवि गिरी, शारदा गिरी लगायतका कलाकारको अभिनय रहेको छ।
राम केसीको छायाँकन, दिपक शर्मा, राजनराज शिवाकोटी र थिरज राईको संगीत रहेको छ। नविन निरौलाको सम्पादन, शिव विक र राजीव समरको नृत्य र देव महर्जनको द्वन्द्व रहेको फिल्मले ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा रहेको छ।
निर्माता कार्यकारी सञ्जय महतोले निर्माण गरेको फिल्म आगामी वैशाख २७ बाट प्रदर्शनमा आउने भएको छ। चलचित्रको ट्रेलर यसै साता सार्वजनिक गर्ने योजना निर्माण युनिटको रहेको छ।