काठमाडौं ।नेपाललाई अति कम विकसित मुलुक एलडीसी को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रिया तीन वर्षका लागि पछि धकेलिएको छ।
संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाल सरकारको आग्रहअनुसार स्तरोन्नतिको समयावधि थप गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।यस निर्णयसँगै नेपालले स्तरोन्नतिका लागि थप तयारी गर्ने समय पाएको छ। अब नेपाल सन् २०२९ नोभेम्बर २४ सम्म अति कम विकसित मुलुकको सूचीमै रहनेछ।पूर्वनिर्धारित योजनाअनुसार नेपाललाई सन् २०२६ नोभेम्बरमा स्तरोन्नति गर्ने तयारी थियो। तर, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र चुनौतीलाई मध्यनजर गर्दै सरकारले समय थप गर्न संयुक्त राष्ट्रसङ्घसमक्ष अनुरोध गरेको थियो।
सोही अनुरोधअनुसार परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०२६ मे महिनामा संयुक्त राष्ट्रसङ्घको विकास नीति समितिका अध्यक्ष तथा महासचिवलाई औपचारिक पत्र पठाएका थिए।नेपालको प्रस्ताव स्वीकार गर्दै महासभाले समय थप गर्ने निर्णय गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।