काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच शुक्रबार भेटवार्ता भएको छ।
शिक्षा मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा नेपाल र अमेरिकाबीचको शैक्षिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी, दुई देशबीच खेलकुद कूटनीतिलाई अझ मजबुत बनाउने सम्भावनाबारे पनि उनीहरूबीच विचारविमर्श भएको बताइएको छ।