काठमाडौं ।पोखराको न्यूरोडस्थित सभागृह चोकमा स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।
प्रहरीका अनुसार गण्डकी प्रदेश १६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा पोखराको लेकसाइड निवासी २८ वर्षीय आशिष कुँवर गम्भीर घाइते भएका थिए।घाइते कुँवरलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।घटना कसरी भयो भन्नेबारे कास्की प्रहरीले थप अनुसन्धान गरिरहेको छ।