काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले २०८४ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईई का लागि परीक्षा आवेदन तथा कक्षा ९ को रजिस्ट्रेसन फारम भर्ने सम्बन्धमा सूचना जारी गरेको छ।
बोर्डको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीले कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्नुपर्नेछ। यसका लागि प्रतिविद्यार्थी ३०० रुपैयाँ शुल्क तोकिएको छ।त्यस्तै, एसईई २०८४ मा सहभागी हुने नियमित, खुला तथा प्राविधिक धारका विद्यार्थीले कात्तिक १ गतेदेखि मङ्सिर ८ गतेसम्म परीक्षा आवेदन फारम भर्न सक्नेछन्। आवेदनका लागि प्रतिविद्यार्थी ५०० रुपैयाँ परीक्षा दस्तुर निर्धारण गरिएको बोर्डले जनाएको छ।
बोर्डले सम्बन्धित विद्यालयलाई तोकिएको समयभित्र विद्यार्थीको फारम भर्ने तथा आवश्यक प्रक्रिया पूरा गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। विद्यार्थीले पनि निर्धारित समयसीमाभित्र फारम भरेको सुनिश्चित गर्नुपर्नेछ।