काठमाडौं ।प्रहरीले झापाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले बताएका छन्।ब्युरोको काँकरभिट्टा शाखाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–१ स्थित तालमारा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। भारतबाट खैरो हेरोइन लिएर नेपालतर्फ आउँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।पक्राउ परेकाहरूको साथबाट करिब १५० ग्राम खैरो हेरोइन बरामद भएको छ। लागुऔषध ओसारपसारका लागि उनीहरूले भारतीय नम्बर प्लेट भएको मोटरसाइकल प्रयोग गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
पक्राउ परेका दुवै जना नेपाली नागरिक रहेको बताइएको छ। प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।