काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि आदिवासी जनजाति खुलातर्फ भइरहेको मतगणनामा तीर्थ लामाले अग्रता कायम गरेका छन्।
हालसम्म सार्वजनिक मतपरिणामअनुसार उनले ८९० मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। यस समूहबाट १२ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। प्राप्त मतपरिणाममा इन्जिनियर अनुप श्रेष्ठ ५०८ मतसहित दोस्रो र कर्मा छिरिङ शेर्पा ५०० मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, डा. प्रेमध्वज लामाले ४८१ मत प्राप्त गरेका छन्। मतगणनाको पछिल्लो विवरणअनुसार टेकप्रसाद गुरुङले ४६८, भीम श्रीस मगरले ४२३ तथा अमृत गुरुङ र बुद्ध लामाले समान ३९१ मत पाएका छन्। रामकृष्ण चित्रकारले ३८५, गेल्जे लामा (शेर्पा) ले ३७२, बंशलाल तामाङले ३६४ र सुशिल गुरुङले ३५० मत प्राप्त गरेका छन्। हालसम्मको नतिजामा यी १२ उम्मेदवार अगाडि देखिएका छन्।
अन्य उम्मेदवारतर्फ छन्दबहादुर पहराई मगरले २९२, मिनबहादुर गुरुङले २७८ र खडकबहादुर राना (केबी) ले २४० मत पाएका छन्। टंकप्रसाद राई र युवराज गुरुङले समान २३३ तथा ललित सिंह बोहराले २३२ मत प्राप्त गरेका छन्। त्यसैगरी, यज्ञराज चौधरीले २३०, कमल तामाङले २२५, रेशमलाल गुरुङले २२१, विष्णुकुमार राईले २१९ र शम्भुलाल श्रेष्ठले २१८ मत पाएका छन्। प्रकाश महर्जन र वीर काजी राईले समान २१४ मत प्राप्त गर्दा सरोज गुरुङले १९७ र विजय सम्बाहाम्फेले १९३ मत ल्याएका छन्। मनहरी श्रेष्ठ र मानबहादुर बुढा मगरले समान १८९, कृष्णनारायण श्रेष्ठले १८६ तथा हरिश्चन्द्र श्रेष्ठले १८५ मत प्राप्त गरेका छन्।
सानुकान्छा श्रेष्ठले १७०, सुरेशकुमार योद्धा (सुब्बा) ले १६२, पूर्णकुमार तुम्बापोले १५७, जितेन्द्र महर्जन (पारस) ले १५४ र सूर्यकुमार नेम्बाङले १४७ मत पाएका छन्। यसैगरी, रामकृष्ण लामाले १३३, सूर्यदेव दास उराँवले १२७, लालबहादुर जिसीले १२६, बुद्धिलाल श्रेष्ठले ९७ र रविन्द्रप्रसाद पनुहरले ७१ मत प्राप्त गरेका छन्। आदिवासी जनजाति खुलातर्फ १२ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा भइरहेको छ। हालसम्मको मतपरिणाममा तीर्थ लामा सबैभन्दा अगाडि देखिए पनि निर्वाचित हुने उम्मेदवारको अन्तिम टुंगो निर्वाचन समितिको आधिकारिक नतिजापछि मात्रै लाग्नेछ।