काठमाडौं। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट बरामद गरिएको २१ किलो ७५० ग्राम सुन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार सुनसम्बन्धी थप अनुसन्धानका लागि भन्सार कार्यालयलाई जिम्मा लगाइएको हो।सुन प्रकरणमा पक्राउ परेका तीन जना चिनियाँ नागरिकमाथि भन्सार कार्यालयले अनुसन्धान अघि बढाएको छ। बरामद सुन कहाँबाट ल्याइएको थियो र कहाँ पुर्याउने योजना थियो भन्ने विषयमा प्रहरीले पनि छुट्टै अनुसन्धान गरिरहेको जनाएको छ।प्रहरीले असोज २२ गते बिहान माथिल्लो भंगालबाट सुन बरामद गरेको थियो। घटनामा संलग्न रहेको आरोपमा २७ वर्षीय हान फेइ, चाउ लोङछिन र ३७ वर्षीय वाङ जियानझेन पक्राउ परेका थिए।सुनको स्रोत, गन्तव्य र यसमा संलग्न हुन सक्ने अन्य व्यक्तिबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।