काठमाडौं। धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–५ को गलौंदी क्षेत्रमा सडक मर्मतका लागि रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै असोज २६ गते राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ।यसअघि त्रिशूली नदीको कटानका कारण गलौंदी क्षेत्रमा सडक भासिएको थियो। सामान्य मर्मतपछि सडकमा दुईतर्फी यातायात सञ्चालन गरिए पनि थप मर्मत आवश्यक भएपछि रातिको समयमा आवागमन बन्द गर्न लागिएको प्रशासनले जनाएको छ।निर्धारित समयमा उक्त मार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई समय मिलाएर यात्रा गर्न आग्रह गरिएको छ।