काठमाडौं। सरकारले नेकपा एमाले को केन्द्रीय कार्यालयमा सुरक्षा दिँदै आएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ।
एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार सोमबारदेखि कार्यालयको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी हटेका छन्। यसअघि एमालेको केन्द्रीय कार्यालयमा सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गर्दै आएको थियो।सुरक्षाकर्मी फिर्ता बोलाउनुको कारणबारे भने आफूहरूलाई स्पष्ट जानकारी नभएको आचार्यले बताएका छन्।