काठमाडौं। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस भएका चार जनाविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सुनुवाइ प्रक्रियाअन्तर्गत १० दिनको समय दिएर सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो। समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार सूचना प्रकाशनका लागि सचिवालयलाई आगामी कात्तिक ९ गतेको मिति तोकेर आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।यसअघि न्यायपरिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।संसदीय सुनुवाइ प्रक्रियाअन्तर्गत अब उनीहरूविरुद्ध सार्वजनिक उजुरी संकलन गरिनेछ।