काठमाडौं ।हुम्लामा जडीबुटी सङ्कलनका लागि घरबाट निस्किएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ।
मृत्यु हुनेमा सिमकोट गाउँपालिका–२, ठेहेका करिब ३२ वर्षीय रूपसिंह बोहोरा रहेका छन्।जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक जङ्गबहादुर सिंहका अनुसार बोहोरा असोज २३ गते जडीबुटी सङ्कलन गर्न घरबाट निस्किएका थिए।आइतबार ठेहे खोलानजिकैको जङ्गलमा रहेको भीरबाट लडेर उनको मृत्यु भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ। मृतकको शव पोस्टमार्टमका लागि सिमकोटस्थित जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक सिंहले बताएका छन्।घटनाबारे थप विवरण आउन बाँकी छ।