काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बाजुरास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा केवलकार सञ्चालनको सम्भाव्यता अध्ययन गर्न ३ करोड २५ लाख रुपैयाँ बजेट छुट्याएको छ।
आर्थिक वर्ष २०८३ र ८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री चक्र मल्लले बडीमालिका क्षेत्रमा केवलकार सञ्चालन गर्न आवश्यक अध्ययनका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन्।धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण परिचित बडीमालिका क्षेत्रको पर्यटन विकासलाई थप गति दिने उद्देश्यले प्रदेश सरकारले यस्तो योजना अघि सारेको हो।केवलकार सञ्चालनको सम्भाव्यता अध्ययनबाट आयोजना निर्माणको उपयुक्तता र सम्भावनाबारे जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ। योजना कार्यान्वयनमा अघि बढेमा बडीमालिका क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ।