काठमाडौं ।साताको सेयर कारोबारमा नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १७ दशमलव १५ अङ्कले उकालो लाग्दै दुई हजार ५९१ दशमलव ८० विन्दुमा पुगेको हो।ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि तीन दशमलव ८० अङ्कले बढेर ४६५ दशमलव ८५ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट सूचक एक दशमलव ४२ अङ्कले वृद्धि भई १७९ दशमलव १० विन्दुमा कायम भएको छ। सेन्सेटिभ फ्लोट सूचक पनि एक दशमलव ५० अङ्कले बढेर १५७ दशमलव ४६ विन्दुमा पुगेको छ।
आज बजारमा एक करोड २९ लाख पाँच हजार ९४२ कित्ता सेयर किनबेच भएका छन्। ती सेयरको कुल कारोबार रकम चार अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ रुपैयाँ रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।कारोबार भएका कम्पनीमध्ये १८० वटाको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएन। आज बजारका १३ उपसमूहमा वृद्धि देखिएको छ।
कुथेली बुखरी स्मल हाइड्रोपावर, सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले लाभ लिएका छन्। यसको विपरीत, रिज लाइन इनर्जी, आईसीएफसी फाइनान्स डिबेञ्चर र प्राइम डिबेञ्चरलगायतका लगानीकर्ताले मूल्य घट्दा नोक्सानी बेहोरेका छन्।