काठमाडौं ।रुसको उत्तरी ककेशस क्षेत्रमा भएको हिमपहिरोमा परी कम्तीमा ११ जना पर्वतारोहीको ज्यान गएको छ।
घटनामा थप ६ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।काबार्डिनो–बाल्कारिया क्षेत्रमा रहेको मिजिर्गी पर्वतमा आइतबार साँझ अचानक हिमपहिरो खसेको थियो। त्यसबेला करिब ३३ जना पर्वतारोहीको समूह उक्त क्षेत्रमा रहेको बताइएको छ।हिमपहिरोपछि केही पर्वतारोही आफैँ सुरक्षित स्थानतर्फ पुग्न सफल भएका थिए। घटनामा प्रभावितमध्ये केहीको अवस्थाबारे तत्काल जानकारी प्राप्त हुन नसकेको अधिकारीहरूले बताएका छन्।खोज तथा उद्धारका लागि ५० भन्दा बढी उद्धारकर्मी परिचालन गरिएको छ। तर घटनास्थलको कठिन भूगोल, मौसमको अवस्था र पुनः हिमपहिरो खस्न सक्ने जोखिमका कारण उद्धार कार्यमा समस्या भइरहेको छ।उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी अभियान जारी राखेको छ भने घाइतेहरूको उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरणको कामसमेत भइरहेको अधिकारीहरूले जनाएका छन्।