काठमाडौं । सरकारले भदौ २२ गते देशभर सार्वजनिक बिदा नहुने स्पष्ट पारेको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्मान तथा सम्झनामा सरकारले उक्त दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। तर, राष्ट्रिय शोक घोषणा गरिएको विषयलाई सार्वजनिक बिदासँग जोडेर बुझिएपछि सरकारले त्यसबारे स्पष्ट पारेको हो।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भदौ २२ गते सरकारी तथा अन्य नियमित कार्यालयहरू बन्द रहने गरी बिदा घोषणा गरिएको छैन। उक्त दिन राष्ट्रिय शोक मात्र मनाइनेछ।गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पनि भदौ २२ गते सार्वजनिक बिदा नरहेको पुष्टि गरेका छन्।सरकारले राष्ट्रिय शोकका क्रममा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान गर्ने जनाएको छ। यसअघि मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।यससँगै भदौ २२ गते सार्वजनिक बिदा हुने भन्ने अन्योल पनि सरकारले अन्त्य गरेको छ।