काठमाडौं । रुसको क्रास्नोदार क्षेत्रमा रातभर ठूलो संख्यामा ड्रोन आक्रमण भएको छ।
आक्रमणलाई रोक्न रुसी सुरक्षा निकायले हवाई प्रतिरक्षा प्रणालीमार्फत ड्रोनहरू निष्क्रिय पार्ने प्रयास गरेको जनाएको छ।आक्रमणका क्रममा खसेको ड्रोनको अवशेष एउटा निजी बालबालिका केन्द्रमा खस्दा दुई जना बालबालिकाको मृत्यु भएको क्रास्नोदार क्षेत्रीय अधिकारीहरूले बताएका छन्। घटनामा अन्य सात बालबालिका र दुई जना वयस्क घाइते भएको पनि जनाइएको छ।रुसी अधिकारीहरूले घटनास्थलमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको बताएका छन्।