काठमाडौं । पहिरो हटाएपछि काठमाडौं–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा खसेको पहिरो हटाएपछि शुक्रबार बिहान ८ बजेदेखि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ।
अविरल वर्षाका कारण बिहीबार बिहान करिब २:१५ बजे पहिरो खसेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। चारवटा उपकरण प्रयोग गरी पहिरो हटाएपछि सडक पुनः सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।