काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको अनुगमन गरेका छन् । उनी आज बिहान कार्यालय समय सुरु भएपछि विभागमा पुगेका थिए ।
मन्त्री यादवलाई विभागको कामकारबाहीबारे महानिर्देशक मिरा आचार्यले जानकारी गराएकी छन् ।
त्यसक्रममा मन्त्री यादवले कर्मचारीहरुबाट कामबारे जानकारी लिँदै केही पीडितहरुका गुनासा र समस्या पनि सुनेका छन् । पीडितहरुले पक्राउ पुर्जी जारी भएका व्यक्ति खुलेआम हिँडडुल गरिरहँदा पनि सम्बन्धित जिल्लाका प्रहरीहरुले पक्राउ नगरेको गुनासो मन्त्रीसमक्ष गरेका थिए ।