काठमाडौँ। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मा को नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
मंगलबार बसेको समितिको बैठकले शर्मालाई सर्वोच्च अदालतको ३३औं प्रधानन्यायाधीशका रूपमा अनुमोदन गर्ने निर्णय गरेको हो। यसअघि गत वैशाख २४ गते बसेको संवैधानिक परिषद बैठकले शर्माको नाम प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो।