काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राई ले विद्यालय मर्ज गर्दा विद्यार्थीका लागि आवास वा यातायातको व्यवस्था अनिवार्य गर्नुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको र लगानीअनुसार परिणाम मूल्याङ्कन गर्नुपर्ने अवस्था आएको बताए। उनका अनुसार कम विद्यार्थी भएका विद्यालय मर्ज गर्दा विद्यार्थीलाई विद्यालयसम्म पुग्न सहज हुने गरी बसोबास वा यातायातको व्यवस्था सरकारले सुनिश्चित गर्नुपर्छ। सांसद राईले उत्पादनमुखी शिक्षालाई व्यवहारमा लागू गर्नुपर्नेमा पनि जोड दिएका छन्।