काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रा.डा. जयन्तनाथ खनाललाई पार्टीको मुख्यसचिव पदमा नियुक्त गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधानबमोजिम प्रा.डा. खनाललाई पार्टीको मुख्यसचिव पदमा मनोनयन गरेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रा.डा. खनाल लामो समय त्रिभुवन विश्वविद्यालयमा कार्यरत थिए । उनी हाल पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य एवं पार्टी सम्बद्ध प्राज्ञिक परिषद्को अध्यक्ष समेत छन् ।