काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । कांग्रेस सभापति गगनकुमार थापा श्रेष्ठलाई कोषाध्यक्षमा मनोनित गरेका छन् ।
पार्टी विधानको धारा २१ को उपधारा (४)श्रेष्ठलाई केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
श्रेष्ठ यसअघि शेरबहादुर देउवा सभापति रहेका बेला पनि कोषाध्यक्ष बनेका थिए । देउवाले २०७२ सालमा उनलाई कोषाध्यक्ष नियुक्त गर्दै पार्टीको आर्थिक जिम्मेवारी दिएका थिए ।