काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दिपक बोहरालाई नियुक्त गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बोहरालाई सो जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।
यसअघि प्रवास विभागको प्रमुखमा पार्टीका उपसभापति डिपी अर्याल रहेका थिए। अर्याल सभामुख पदमा निर्वाचित भएपछि पार्टीको सांगठनिक जिम्मेवारीबाट अलग भएका थिए। त्यसयता उक्त विभागको नेतृत्व खाली रहेको थियो।
पार्टीको सांगठनिक सुदृढीकरण र प्रवासमा रहेका नेपालीहरूसँगको समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले बोहरालाई सो जिम्मेवारी दिइएको बुझिएको छ। पछिल्लो समय रास्वपाले आफ्नो संगठनात्मक संरचनालाई पूर्णता दिने र विभिन्न विभागहरूलाई सक्रिय बनाउने कार्यलाई तीव्रता दिँदै आएको छ।