काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूह छलफलमा जुटेको छ । कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतको आदेशपछि स्पष्ट धारणा तय गर्न अहिले काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा छलफलमा जुटेका छन् ।
भेलाको नेतृत्व तत्कालीन कार्यवहाक सभापति पूर्णबहादुर खड्काले गरेका छन् । सर्वोच्चको आदेशलगत्तै नेता खड्काको निवासमा डाकिएको भेलाबाट असहमति भए पनि न्यायालयको निर्णय स्वीकार गर्न निर्णय उनीहरूले गरिसकेका छन् । आजको भेलामा खड्कासहित, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायत नेताहरू सहभागी छन् ।
