काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सिध्याइन्छ भन्ने सपना कसैले नदेख्दा हुने बताएका छन् । अध्यक्ष लिङ्देनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राप्रपा आफ्नो सारा गल्ती कमी कमजोरीहरुलाई सच्याएर पुनर्गठित भएर उठ्ने बताएका हुन् ।
पार्टी महामन्त्री धवलशम्शेर राणाले दिएको अभिव्यक्तितर्फ संकेत गर्दै अध्यक्ष लिङ्देनले चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य नसकिने स्पष्ट पारेका छन् । अध्यक्ष लिङ्देनले चुनाव हार्दैमा राप्रपाले राजसंस्था र सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको अवधारणाबाट पनि पछाडि नफर्किने बताएका छन् । महामन्त्री राणाले अनलाइनको अन्तर्वार्तामा जेठमा महाधिवेशन नभए राप्रपा समाप्त हुने चेतावनी दिएका थिए ।