काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका केन्द्रीय सदस्यहरूको बैठक आह्वान गरेका छन्।
खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई लक्षित गर्दै बैठक बोलाएका हुन्। उक्त बैठक धुम्बाराहीस्थित स्मार्ट होटलमा आज दिउँसो १२ बजे बस्ने तय गरिएको छ। बैठकमा आगामी १५औँ महाधिवेशनको तयारी र रणनीतिका विषयमा छलफल हुने जनाइएको छ। प्रारम्भिक छलफलपछि थप परामर्शका लागि निकटका केन्द्रीय सदस्यहरूको छुट्टै बैठक पनि आजै बस्ने तयारी गरिएको बताइएको छ।