काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरुले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेका छन् ।
सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा सभापति गगन थापा नेतृत्वलाई वैधानिकता दिएपछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा देउवा पक्षका नेताहरुले छलफल गरेका थिए ।
छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता मीनबहादुर विश्वकर्माले असहमति भए पनि सर्वोच्चको फैसला मानेर अघि बढ्ने निष्कर्ष निकालेको जानकारी दिए ।
सर्वोच्चको फैसलापछि आफूहरूले थापालाई पार्टी सभापति मानेको उनले उल्लेख गरे । उनले हिजोदेखि पूर्णबहादुर खड्का निवर्तमान कार्यवाहक सभापति भइसकेकाले अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मा सभापति गगन थापाको भएको बताए ।