काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका ९ र १ संयुक्त (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का विषयगत समितिका सभापति बिहीबार निर्विरोध भएका छन् ।
समिति सभापतिमा निर्विरोध हुनेमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ९ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसद छन् ।
समितिको सभापतिमा मनोनयनका लागि बिहीबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तोकिएको थियो । त्यो समयमा ११ समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध भएका हुन् ।
कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बाँसकोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल,महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल, संसदीय सुनुवाइ विशेष समितिमा बोधनारायण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी,अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास,अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट भरतबहादुर खड्का सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।