काठमाडौं । नेपाली कांग्रेसले सांसद भरत खड्कालाई सार्वजनिक लेखा समिति सभापतिको उम्मेदवार बनाउने भएको छ ।
डोटीबाट निर्वाचित सांसद खड्कालाई अघि सार्ने सर्वसम्मत निर्णय भएको सांसद भीष्मराज आङ्देम्बेले बताए ।
सत्तारुढ दलले रास्वपा, एमाले र नेकपाले पनि लेखा समितिमा कांग्रेसलाई सघाउने निर्णय गरिसकेकाले खड्का सभापति बन्ने निश्चित छ।