पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बिहीबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहका बीच प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका छन् । सत्ता समीकरणमा भएको परिवर्तनसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेस र नेकपा (एमाले) का सांसदहरूलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
मन्त्रिपरिषद् पुनर्गठनसँगै गण्डकी सरकारले पूर्णता पाएको छ। यसअघि मन्त्री बन्ने चर्चामा रहेका कतिपय सांसदहरू नसमेटिएपछि कांग्रेसभित्र केही असन्तुष्टि समेत देखिएको छ। शपथ ग्रहण समारोहमा मुख्यमन्त्री पाण्डे, निवर्तमान मन्त्रीहरू र उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।
नेपाली कांग्रेसबाट
१. जित शेरचनः अर्थमन्त्री
२. नन्दप्रसाद न्यौपानेः ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री
३. नम्डु गुरुङः सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री
४. रेखा गुरुङः वन तथा वातावरणमन्त्री
नेकपा (एमाले) बाट
५. गोविन्दबहादुर नेपालीः भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री
६. यशोदा रिमालः उद्योग तथा पर्यटनमन्त्री
७. लक्ष्मण पाण्डेः कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री
८. भीम कार्कीः स्वास्थ्यमन्त्री