काठमाडौं । पूर्वमन्त्री सुदन किरातीले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) र रास्वपा सभापति रवि लामिछानेलाई प्रश्न गरेका छन् ।
शाह नेतृत्वको सरकारद्वारा सार्वजनिक “राष्ट्रिय प्रतिबद्धता पत्र” र रवि लामिछानेको अभिव्यक्तिलाई लिएर गम्भीर प्रश्न उठाएका हुन्।
उनले देश बनाउने नेताले के गर्ने मात्र होइन, के नगर्ने भन्ने बुझाइ पनि उत्तिकै आवश्यक हुने बताएका छन्।
किरातीले पूर्व–पश्चिम राजमार्गलाई “महेन्द्र राजमार्ग” नामकरण गर्ने प्रस्तावले गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाएको सङ्केत गरेको टिप्पणी गरेका छन्।
उनले सञ्जालमा लेखेका छन्, ‘वालेन सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा पूर्व–पश्चिम राजमार्गलाई “महेन्द्र राजमार्ग” नामकरण गरेर दिनु खोजेको सन्देश के हो ? गणतान्त्रिक सरकारलाई राजतन्त्रसँग जोडिएका प्रतीकहरूप्रति अति मोह जागृत भएको हो ?’
यस्तै उनले सो रवि लामिछानेको आजको सामाजिक संजनलमा दिएको नयाँ वर्षको शुभकामना अभिव्यक्तिले गणतन्त्रलाई नै ‘खिल’ को रूपमा व्याख्या गर्न खोजिएको हो कि भन्ने आशङ्का व्यक्त गरेका छन्।