काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देउवा पक्षलाई सीमाबाहिर गएर गतिविधि नगर्न चेतावनी दिएका छन् । जरा अभियानको शुभारम्भ गर्दै सभापति थापाले भने, “पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ । सीमाभन्दा बाहिर गएर यसलाई सहन सक्ने कुरा हुँदैन ।”
सबैलाई मिलाएर लैजाने आफ्नो प्रयासलाई कमजोरी नठानिदिन उनले आग्रह गरेका छन् । थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरू पार्टीको सदस्य नरहने पनि चेतावनी दिएका छन् । पार्टीको विधान अनुसार सो काम शुरु गरिएकाले पार्टीका नेता, कार्यकर्तालाई आआफ्नो वडा पार्टी कार्यालयमा पुगेर क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम गर्न पनि निर्देशन दिए ।