काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बैठक २ वैशाख बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको हो । यो बैठकले पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाहीको निर्णय लिने सम्भावना छ ।
यसअघि नै कांग्रेसको अनुशासन समितिले खड्कालाई अनुशासनविपरीत काम गरेको भन्दै सचेत गराउने र फेरि पनि उल्लंघन भए थप कारबाही गर्ने निर्णय गरेको थियो । खड्काले आफूलाई कार्यवाहक सभापतिको हैसियतमा राखेर विज्ञप्ति निकालेको भन्दै सचेत गराउने निर्णय भएको थियो । तर खड्काले सोमबार फेरि पनि कार्यवाहक सभापतिको हैसियत उल्लेख गरी विज्ञप्ति जारी गरेका थिए । सोही विषयमा छलफल र र कारबाहीको निर्णय लिन बैठक डाकिएको बुझिएको छ ।
