काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा भ्रममा नपर्न आग्रहसहित एक वक्तव्य निकालेका छन् । मुलुकको विषम राजनीतिक परिस्थितिमा पार्टीभित्र बृहत् एकता खोज्नुको सट्टा पार्टीलाई कमजोर बनाउने गतिविधि नगर्न खड्काले गगन पक्षलाई चेतावनी दिएका छन् ।
पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले २०८३ वैशाख २८ देखि ३१ गते १५ औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा केहीले विधान र प्रक्रिया विपरीत विशेष महाधिवेशनको नाममा अवैध गतिविधि गरेको खड्काले पुन: दोहोर्याएका छन् । १५ औँ महाधिवेशनका लागि वितरण र नवीकरण भइसकेका क्रियाशील सदस्यता खारेज गरिएको र पुनस् नयाँ सदस्यता लिने भन्ने निर्णयमा देउवा पक्षको आपत्ति छ ।

