काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र नवनियुक्त उपसभामुख रूबी कुमार ठाकुरबीच आज पहिलो शिष्टाचार भेटवार्ता भएको छ ।
उपसभामुख ठाकुरले पदभार ग्रहण पश्चात सभामुख अर्यालसँग भेट गरेककी हुन् । भेटका क्रममा सभामुख अर्यालले उपसभामुख ठाकुरलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका सभामुखको सचिवालयले जनाएको छ ।
नवनिर्वाचित उपसभामुख ठाकुरले पनि सभामुखको मार्गदर्शन र सहकार्यमा संसदको कार्यभारलाई सफलतापूर्वक अघि बढाउने बताएकी छन् ।