काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि वैशाख ४ गते निर्वाचन हुने भएको छ। वैशाख ४ गते निर्वाचन गर्ने गरी कार्यतालिका ल्याउने तयारी छ। सहमहामन्त्रीसमेत रहेका निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले वैशाख २ गते संसदीय दल नेता चयनबारे निर्वाचन कार्यतालिका ल्याइने बताए।
प्रतिनिधि सभामा कांग्रेसका ३८ जना सांसद छन्। कांग्रेसमा पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, सांसदहरू मोहन आचार्य, निश्कल राई, बासना थापालगायत संसदीय दल नेताका आकांक्षी छन्।