काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवल शमशेर राणाले पार्टीको निर्णयबिना उपसभामुखमा उम्मेदवारी दिएकोप्रति आपत्ति जनाएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री राणाले आपत्ति जनाएका हुन् ।
उनले पार्टीको संस्थागत निर्णय बिना नै उपसभामुख पदको उम्मेदवारीको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
प्रतिनिधिसभाको उपसभामुखमा राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको थियो । शुक्रबार भएकाे निर्वाचनमा श्रम संस्कृति पार्टीकी रूबीकुमारी विजयी हुँदा राप्रपाकी उम्मेदवार लामाले ५ मत मात्रै पाएकी थिइन् ।
पार्टीले प्रजातान्त्रिक पद्धतिलाई चुनौती दिँदै गरिएका कुनै पनि निर्णयमा आफ्नाे सहमति नभएकाे उनले बताए ।
