काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले एमसीसी खारेज गर्नुपर्ने कुरामा आफू अडिग रहेकाले शंका नगर्न आग्रह समेत गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूहरू जिम्मेवार देशभक्त प्रतिपक्ष रहेको उल्लेख गर्दै आफूले विगतदेखि उठाउँदै आएका स्वाधीनता र राष्ट्रभक्तिका मुद्दामा अटल रहने समेत बताएका हुन् ।
उनले उपसभामुख पार्टीको पद नभइ राज्यको भएको जिकिर गर्दै उक्त पदमा आफ्नो पार्टीको कुनै स्वार्थ नभएको स्पष्ट पारेका छन् ।