काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषदमा २ मन्त्री थपिएका छन् । श्रममा रामजी यादव र उद्योगमा गौरी कुमारी यादवलाई नियुक्त गरिएको छ। रामजी सप्तरी २ बाट जनमतका अध्यक्ष सीके राउतलाई हराएर सांसद बनेका थिए भने गौरी कुमारी उद्योग महोत्तरी ४ बाट निर्वाचित हुन् ।
उनीहरुलाई आजै सपथ गराउने तयारी छ। पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री शाहले हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए। उद्योग मन्त्रालय सरकार गठन गरेदेखि नै प्रधानमन्त्री शाहले आफैँ राखेका थिए।