काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा श्रम संस्कृतिकी उम्मेदवारलाई समर्थन गर्ने भएको छ। श्रम संस्कृतिबाट सांसद रूविकुमारी ठाकुर र राप्रपाबाट सांसद सरस्वती लामा उपसभामुख पदमा उम्मेदवार छन्।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीको उम्मेदवारलाई सघाउने भएको छ। श्रम संस्कृतिबाट सांसद आरेन राई प्रस्तावक र रास्वपा सांसद कविन्द्र बुर्लाकोटी समर्थक रहेर उपसभामुख पदमा ठाकुरको उम्मेदवारी परेको छ।
लामाको भने प्रस्तावक र समर्थक राप्रपाकै छन्। राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले आज पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपाले उपसभामुख पदमा राप्रपाका उम्मेदवारलाई सहयोग गर्ने कुरा बताएका थिए।