काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष लिला भण्डारी एमाले छाडेकी छन् । राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएपछि पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्।
एमाले पोलिटब्युरो सदस्य रहेकी रहेकी भण्डारीले चैत २४ गतेबाट उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेकी छन्। निष्पक्षता र तटस्थता कायम गर्नुपर्ने पद भएकाले आफूले पार्टीको जिम्मेवारी त्यागेकी हुन् ।
