काठमाडौँ । प्रतिनिधिसभा सदस्य प्रेम बहादुर बयकले स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएको उल्लेख गर्दै कोही पनि नागरिक आधारभूत उपचारबाट वञ्चित हुन नहुने वातावरण बनाउन माग गरेका छन् ।
प्रतिनिधिसभामा आज बुधबार भएको सुन्ने समयमा बोल्दै बयकले कैलाली जिल्लाको लम्कीचुहा नगरअस्पतालको बिषयमा बोल्दै उनले फरक तहको विवादका कारण नागरिकलाई आधारभुत स्वस्थ्य सेवाबाट बञ्चित नहुन दिनपर्ने बताए । उनले नगर अस्पताललाई ५० शय्याको बनाउने विषयमा प्रदेश सरकार र नगरपालिकाबीच आवश्यक समन्वय र कानुनी प्रक्रियामा जटिलता देखिएको सांसद बयकको भनाइ छ । “अस्पतालको क्षमता विस्तार गर्ने विषयमा दुई सरकारबीच केही आधारभूत विषयमा कुरा नमिल्दा त्यसको प्रत्यक्ष असर नागरिकको स्वास्थ्यमा परेको छ,“ उनले भने, “कानुनी जटिलता देखाएर जनतालाई सेवाबाट वञ्चित गरिनु दुःखद हो ।“
सांसद बयकले यो विषयमा आफूले संघीय तहबाट पनि आवश्यक पहल गर्ने र सम्बन्धित निकायलाई चाँडो निकास निकाल्न दबाब दिने बताए ।