काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले समानुपातिक सांसदलाई विभेद गरेको आरोप लागेको छ । नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रधानमन्त्री शाहले समानुपातिक सांसदमाथि विभेद गरेको भन्दै संसदमा प्रश्न उठाएकी छिन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री शाहले प्रत्यक्ष निर्वाचित सांसदका मात्रै कुरा सुनेको भन्दै आपत्ति जनाएकी हुन् । उनले प्रधानमन्त्रीबाट प्रत्यक्ष निर्वाचित सांसदलाई भेट दिएर विकास निर्माणका कुरा राख्ने अवसर दिने गरेको तर समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई उक्त अवसरबाट वञ्चित गरिएको बताएकी हुन् ।